नुवाकोटकी तुलसी र बाग्लुङका आकाश आईटीएफ वर्ष खेलाडी

साउन २२, २०७३ मा प्रकाशित | 721 views

काठमाडौं,साउन २२ ।  नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले आफ्ना खेलाडी बाग्लुङका आकाशचन्द्र घर्ती मगर र नुवाकोटकी तुलसी थापा मगरलाई आईटीएफ वर्ष खेलाडी– २०७२ बाट शनिबार पुरस्कृत गरेको छ ।

पुरुष वर्ष खेलाडीको अवार्ड थापेका आकाशले राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्नुका साथै उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनले भारतको गोवामा भएको दक्षिण एसियाली तेक्वान्दो (आईटीएफ) प्रतियोगितामा १ स्वर्ण, १ रजत र १ कांस्य जितेका थिए ।

त्यस्तै महिला वर्ष खेलाडी तुलसीले राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । तुलसीले गोवाको दक्षिण एसियाली तेक्वान्दोमा २ स्वर्ण हात पारेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web