काठमाडौं,साउन २२ । ब्राजिलको रियो द जनिरो शहरस्थित मराकाना रंगशालामा आफ्नो समृद्ध सांस्कृतिक धरोहर तथा जातिय विविधताको झाँकी प्रदर्शन सहित ब्रजिलको ओलिम्पिक प्रतियोगिताको उदघाटन समारोह भएको छ। समारोहमा दुई सयभन्दा धेरै देशका खेलाडीहरुले ७५ हजार दर्शकका सामु आ आफ्ना देशका झण्डा बोकेर परेड गरेका छन् ।

यस पटकको ओलिम्पिक खेलमा पहिलोपटक शरणार्थीहरुको छुट्टै टोली समावेश गरिएको छ। जसमा १० खेलाडी सामेल छन्। यसअघि ब्रजिलका प्रसिद्ध फुटबल खेलाडी पेलेले खेलस्थलमा ओलिम्पिक टर्च बाल्ने भनिएकोमा उनले स्वास्थ्यका कारण त्यसो गर्न असमर्थ रहेको जनाएका छन्। महान फुटबल खेलाडी पेलेले ओलम्पिक उद्घाटन समारोहमा ओलम्पिक मशाल बालेनन् ।

७५ वर्षका पेले कमजोर स्वास्थ्य अवस्थाका कारण ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन नसकेका हुन् । उनले नै ओलम्पिक मशाल बाल्ने तयारी गरिएको थियो । तर यही वर्ष हिपको सर्जरी भएको र मांशपेशिमा पनि पीडा भएकाले उनी उद्घाटन समारोहमा उपस्थित हुन नसकेका हुन् ।

तीन पटकका विश्वकप विजेता पेलेले भने ‘मेरो स्वास्थ्य अवस्था ओलम्पिकको उद्घाटन समारोहमा भाग लिन सक्ने छैन ।’ पेलेले यो आफ्नो व्यक्तिगत निर्णय रहेको बताएका छन् ।

19.12¡ÆC