नेदरल्यान्ड्स जाने क्रिकेट टोलीको प्रधानमन्त्रीबाट बिदार्इ

साउन २१, २०७३ मा प्रकाशित | 976 views

काठमाडौं,साउन २१ । नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइसीसी विश्व क्रिकेट लिग च्यामिपयनसीप अन्तर्गत नेदरल्याण्ड बिरुद्धको खेलको लागि नेदरल्याण्ड जान लागेको नेपाली टोलीलाई बिदाई गरेका छन् यही साउन २९ र ३१ गते नेदरल्यान्ड्सविरुद्ध हुने आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई दाहालले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिदाइ गरेका हुन् ।

प्रधानमन्त्री दाहालले नेपाली क्रिकेटले नयाँ पहिचान बनाएको भन्दै दुबै खेल जितेर आउन खेलाडीहरुलाई शुभकामना दिए । टोली शनिबार बिहान टर्की हुँदै नेदरल्यान्ड्स जाने हवाई तालिका छ ।

क्यान निलम्बित भएका अवस्थामा मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसी प्रतिनिधि बेंकटापति राजु सम्मिलित छनोट समितिले गत बुधबार १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो ।

पारस खड्काको कप्तानीमा रहेको टोलीमा हालै इंग्ल्यान्ड भ्रमणमा अभ्यास खेलेर फर्केका १४ खेलाडी परेका छन् । इंग्ल्याण्ड भ्रमणको टोलीमा रहेका सुवास खकुरेलको ठाउँमा भने सुनील धमलाले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । गत वैशाखमा घरेलु मैदानमा भएको नामिबियाविरुद्धका दुबै खेल जित्दै नेपालले अंकको खाता खोलेको छ ।

त्यसअघिका दुबै चरणका खेलमा नेपाल स्कटल्यान्ड र पपुवा न्यूगिनीसँग पराजित भएको थियो । नेपालले नेदरल्यान्ड्ससँग खेलेपछि केन्या, हङकङ र युएईसँग खेल्ने कार्यक्रम छ । ८ टोली सहभागी च्याम्पियनसिपमा नेपाल ४ अंकसहित छैटौं स्थानमा छ ।  नेपालले यसअघि तीन चरणमा खेलबाट ६ खेलबाट  ४ खेलमा पराजित भएको छ भने २ खेल जितेको छ,  नेपाल विश्वकप छनोटमा पुग्नको लागी नेदरल्याण्डलाई जित्नै पर्ने दबाबमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web