
नुवाकोट । तारकेश्वर गाउँपालिकाको १२औँ गाउँसभा भव्य रुपमा सम्पन्न भएको छ ।
सभाध्यक्ष शिव अधिकारी (अविरल) ले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सभासमक्ष प्रस्तुत गर्नुभएको हो।
गाउँपालिका उपाध्यक्ष हरिप्रसाद रिमालले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८२/०८३ को आर्थिक विनियोजन विधेयक (बजेट) सभाले नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित गरेको छ ।
अध्यक्ष अधिकारीले तारकेश्वरको समृद्धि र विकासको अभियानमा सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै १२औँ गाउँसभामार्फत अभूतपूर्व एकता प्रदर्शन भएकोमा खुसी व्यक्त गर्दै सर्वसम्मतिका लागि सबै राजनीतिक दलहरुप्रति उहाँले आभार प्रकट गर्नुभएको छ ।
अध्यक्ष अधिकारीले गाउँसभालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न भूमिका खेल्नुहुने जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरु लगायत सम्पूर्ण तारकेश्वरवासीमा आभार व्यक्त गर्नुभएको छ ।
15.12¡ÆC