विदुर मेयर कप अन्तर वडास्तरीय क्रिकेटको उपाधि वडा नं ३ ले जित्यो

असार ७, २०८२ मा प्रकाशित | 371 views

नुवाकोट । प्रथम विदुर मेयर कप अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि वडा नं ३ ले जितेको छ । पिपलटार क्रिकेट मैदानमा शनिबार सम्पन्न भएको प्रतियोगिताको फाइनलमा वडा नं ३ ले वडा नं ४ लाइ १०५ रनले पराजित गरेको हो ।

जितको लागि १८९ रनको लक्ष पाएको विदुर ४ ले १८.४ ओभरमा ८३ रनमै सबै विकेट गुमाएर आउट भयो । वडा नं ४ को ब्याटिङमा किशोर अर्यालले सर्वाधिक २५ रन बनाए भने विकास लामिछानेले १८ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

वडा नं ३ का बलर सुरज ओझाले सर्वाधिक ३ विकेट लिए क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै २१ रन खर्चिए । विधान खतिवडा र निरञ्जन थापाले २–२ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको वडा नं ३ ले २० ओभरमा ८ विकेटको क्षतिमा १८८ रन बनाएको थियो ।

वडा नं. ३ का ब्याटर मन्जित थपलियाले अविजित ९४ रनको योगदान दिए । प्ले अफ द फाइनल घोसित उनले ५५ बलमा ७ चौका र ६ छक्का प्रहार गरे । राजेश रिजालले ४७ रन बनाए । वडा नं। ४ का खेलाडि बलार सञ्जित तिवारी र किशोर अर्यालले २र२ विकेट लिए ।

उपाधिसहित विजेता वडा नं. ३ लाई ५० हजार र उपविजेता वडा नं. ४ लाई २५ हजार रुपैँया नगद सहित शिल्ड मेडल र प्रमाणपत्र नगर प्रमुख राजन श्रेष्ठले प्रदान गर्नुभयो ।

कार्यक्रममा उपप्रमुख प्रभा बोगटी, सामाजिक विकास समितिका संयोजक एंव १ नं अध्यक्ष लेनिन रञ्जित, ३ नं अध्यक्ष बद्री रिमाल, ४ नं अध्यक्ष निलमबाबु ढुङ्गेल, ५ नं अध्यक्ष लिलानाथ न्यौपाने, १० नं अध्यक्ष गणेशकुमार नेपाल, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, प्रतियोगिताको प्राविधिक सहयोग पुर्याउदै आएको जिल्ला क्रिकेट संघ नुवाकोटका अध्यक्ष तथा केन्द्रीय सदस्य दुर्गाराज पाठक, विदुर नगर खेलकुद विकास समितिका संयोजक अच्युतराज महन्तगिरी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिजय गुरुङ, भूमि समस्या समाधान आयोग नुवाकोटका सदस्य माधव रिजाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web