के भनेर शपथ लिए प्रचण्डले ?‘ईश्वर’ उच्चारणबिना शपथ

साउन २१, २०७३ मा प्रकाशित | 860 views

काठमाडौं,साउन २१ । पूर्वनिर्धारित समयभन्दा ४१ मिनेट ढिलो नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डाडरीसमक्ष पद तथा गोपनीयताको शपथ लिए। शीतलनिवासमा बिहीबार अपरान्ह ३ः४१ बने आयोजित कार्यक्रममा राष्ट्रपतिमार्फत प्रधानमन्त्री पदको शपथ लिने क्रममा प्रचण्डले ईश्वरको नाम उच्चारण नगरी राष्ट्र र जनताका नाममा मात्र शपथ लिए।

यसैगरी राष्ट्रपतिसमक्ष मञ्चभन्दा तल नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पनि पद तथा गोपनीयताको शपथ लिए। शपथ लिनेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रशेम लेखक, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाली, कृषिमन्त्री गौरीशंकर थारुले पनि सोही समारोहमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिए। अन्नपूर्ण पोस्टमा समाचार छ।

संविधानको धारा ८० मा शपथको व्यवस्था भएअनुसार, ‘प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपति समक्ष आफ्नो कार्यभार समाल्नुअघि संघीय कानुनबमोजिम पद तथा गोपनीयता शपथ लिनु पर्नेछ।’ संविधानमा व्यवस्था भएअनुसार शपथमा रहेको ईश्वर, राष्ट्र र जनतामा ईश्वरको नाम उच्चारणविना माओवादी केन्द्रबाट उपप्रधानमन्त्रीसहित अन्य दुई मन्त्रीले पनि शपथ लिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web