गृह नपाएको झोकमा केसी मन्त्री बन्न मानेनन्, निधी र लेखकको मात्र सपथ

साउन २०, २०७३ मा प्रकाशित | 1429 views

काठमाडौं,साउन २० । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले गृह मन्त्रालय नपाएपछि सपथ लिन गएनन् । प्रचण्ड सरकारमा कांग्रेसले पहिलो चरणमा पठाएको तीन मन्त्रीमा केसीको तयगरेपनि सभापति शेरबहादुर देउवालाई आफू मन्त्री नबन्ने खबर पठाएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले उनलाई रक्षा वा स्वास्थ्य मध्ये एक रोज्न भनेका थिए । देउवाले भने सरकारमा पार्टीको नेतृत्व गर्ने गरी विमलेन्द्र निधिलाई उपप्रधान एवं गृहमन्त्री दिएका छन् ।  केसीले मन्त्रिमण्डलमा कांग्रेसको नेतृत्व गरेर गएका बिमलेन्द्र निधिभन्दा आफू वरिष्ठ भएकाले कि त आफ्नो नेतृत्वमा कांग्रेस सरकारमा जानुपर्ने नभए आफूले गृहमन्त्रालय पाउनुपर्ने अडान लिएका थिए।

बिमलेन्द्र निधिको नेतृत्वमा यसअघि तीन जनाको सपथ हुने भनिएपनि अर्जुननरसिंह केसीको मन्त्रीबन्न नमानेपछि निधी र रमेश लेखकले मात्र आज पद तथा गोपनियताको सपथ लिने भएका छन्। निधिले उपप्रधानसहित गृह र लेखकले भौतिक योजना मन्त्रीको सपथ लिँदछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web