एजेन्सी,साउन २० । रियो ओलम्पिक २०१६ अन्तर्गत महिला फुटबलमा आयोजक ब्राजिल, क्यानडा, जर्मनी र स्वीडेनले विजयी सुरुवात गरेका छन् । बुधबार राति भएको उद्घाटन खेलमा स्वीडेनले दक्षिण अफ्रिकालाई १–० ले हराउँदा ब्राजिलले चीनलाई ३–० ले हरायो । स्वीडेनको जितमा निला फिशरले गरेको गोल नै निर्णायक गरिन भने ब्राजिलको जितमा मोनिका, एन्ड्रेसा एल्भेस र क्रिष्टिएनीले एक एक गोल गरे ।

अर्को खेलमा क्यानडाले अस्ट्रेलियालाई २–० ले हराउँदा जर्मनीले जिम्बाबेलाई ६–१ ले हरायो । क्यानडाकी जेनिन बेकेइले खेल सुरु भएको २० सेकेण्डमै गोल गरिन् । यो ओलम्पिक महिला फुटबलमा अहिलेसम्मकै सबै भन्दा छिटो भएको गोल हो । अर्को खेलमा रियो ओलम्पिकको औपचारिक उद्घाटन शुक्रबार हुने भएपनि फुटबलका खेल भने बुधबारदेखिनै सुरु भएका हुन् । पुरुष फुटबलका खेल बिहीबारदेखि सुरु हुनेछ ।

20.12¡ÆC