महरा उपप्रधान एवं अर्थ मन्त्री बन्ने पक्का,कांग्रेसको अझै टुङगो लागेन

साउन २०, २०७३ मा प्रकाशित | 753 views

काठमाडौं,साउन २० । नेकपा माओवादी केन्द्रले आजै प्रधानमन्त्रीसँगै तीन नेतालाई सरकारमा पठाउने भएको छ । नेता कृष्णबहादुर महरालाई उपप्रधान एवं अर्थ मन्त्रीको जिम्मा दिदै सरकारमा पठाउने  तयारी गरेको छ । महरासँगै यसअघि मन्त्री भएका गिरिराजमणी पोख्रेल वा राम कार्की र जनार्दन शर्मा मध्ये दुईजनालाई बिहीबार नै शपथ ग्रहण गराउने स्रोतको दाबी छ। माओवादीले अर्थसहित सञ्चार, ऊर्जा, शान्ति तथा पुनःनिर्माण, कृषि मन्त्रालय पाउने पक्कापक्की भएपनि उसले पनि स्थानीय विकास, सामान्य, कानुन र शिक्षामा पनि आफ्नो दाबी गरिरहेको छ।

सपथ लगतै प्रचण्डले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेपनि  सक्ता  घटक कांग्रेसले भने  सरकारमा पठाउनेको नाम टुङगो लगाउन सकेको छैन् । माओवादी अध्यक्ष प्रचण्ड कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका छन् र बिहीबार ३ बजे सपथ लिने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले दिउँसो १ बजे कांग्रेस सभापति शेरबहादुर देउवासँग परामर्श गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web