१० महिनामा झन्डै १० हजार विद्युतीय गाडी आयात

जेष्ठ ८, २०८२ मा प्रकाशित | 336 views


काठमाडौँ । चालू आर्थिक वर्षको १० महिनामा झण्डै १० हजार विद्युतीय गाडी आयात भएको छ । साउनदेखि वैशाख महिनासम्म २३ अर्ब १० करोड ५७ लाख मूल्य बराबरका ९ हजार आठ सय ५९ वटा विद्युतीय गाडी आयात भएको हो ।

यस अवधिमा चीनबाट ७ हजारभन्दा बढी र भारतबाट २ हजारभन्दा बढी विद्युतीय गाडी आयात भएका छन् । यस्तै, इन्डोनेसिया, कोरिया, जर्मनी, मलेसिया र अमेरिकाजस्ता देशबाट पनि विद्युतीय गाडी आयात भएको छ । आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक हुने मिति नजिकिँदै गर्दा विद्युतीय गाडीको आयात बढेको छ ।

सरकारले विद्युतीय गाडीमा कर बढाउन सक्ने आशङ्कामा व्यापारीहरूले अग्रिम रूपमा विद्युतीय गाडी भित्र्याउन थालेका हुन् । यसले गर्दा भन्सार कार्यालयहरूमा विद्युतीय गाडीको चाप बढेको छ । काठमाण्डौको चोभारमा रहेको सुक्खा बन्दरगाहसँगै तातोपानी र रसुवागढी नाकामा समेत विद्युतीय गाडीको चाप बढेको छ ।

कतिपय विद्युतीय गाडी कम्पनीहरूले ‘प्रि–बजेट अफर’ को नाममा उपभोक्तालाई विद्युतीय गाडी खरिद गर्न प्रोत्साहन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web