१८ साउन, काठमाडौं ।
भोली हुने प्रधानमन्त्री निर्वाचनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचीत हुने पक्का भएको छ ।

भोली हुने प्रधानमन्त्री निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मात्रै उम्मेदवारी परेपछि उनी गणतन्त्र घोषणापछि दोस्रो पटक प्रधानमन्त्री बन्ने भएका छन् ।

प्रचण्डलाई नेपाली काग्रेस, मधेसी मोर्चासहित अन्य साना दलले समर्थन गरेका छन् ।

प्रधानमन्त्रीका उम्मेदवार दाहालको विरुद्धमा मतदान गरि जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने नेकपा एमालेले निर्णय गरेको छ । तर एमालेका नेताहरुले यसअघि भनेजस्तो पार्टीको तर्फवाट वा अन्य दललाई उम्मेदवार उठाउन लगाएका छैनन् ।

प्रचण्ड प्रधानमन्त्री बन्ने पक्का हुनुअघि नेकपा माओवादी केन्द्रले नेपाली काग्रेस र मधेसी मोर्चासँग तीन बुँदे सहमति गरेको छ । यो सहमती पछि मधेशी मोर्चा पनि सरकारमा सामेल हुने भएको छ ।

सहमतिपछी सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भोली हुने प्रधानमन्त्रीको निर्वाचनमा दाहाललाई समर्थन गर्ने निर्णय गरेको छ ।

17.12¡ÆC