तारकेश्वरमा निःशुल्क माटो परीक्षण गरिदै, अध्यक्ष अधिकारीबाट नमूना ल्याउन किसानलाई आग्रह

जेष्ठ २, २०८२ मा प्रकाशित | 562 views


नुवाकोट । नुवाकोटको तारकेश्वर गाँउपालिकाले सम्पूर्ण किसानको निःशुल्क माटो परीक्षण गर्ने भएको छ । त्यसका लागी अहिले देखि नै नमूना बुझाउन  सूचना जारी गरेको छ ।

माटोको उर्भरायुक्त शक्तिको अबस्था थाहाँ पाउनको लागी किसानहरुले खेती गर्दै आएको जग्गाको माटो परीक्षण गर्न लागिएकाले आफूले खेती गर्दै आएको जमिनको नमूना वडा कार्यालयमा बुझाउन अपिल गरिएको गाँउपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार यही जेठ ७ गतेदेखि ९ गतेसम्म सम्पूर्ण वडाहरुमा माटो परीक्षण शिविरको आयोजना गरिएको छ । उक्त शिविरमा आफूले खेतीगर्दै आएको जमिनको माटोको नमूना ल्याएर माटोको उर्भरायुक्त शक्तिको अबस्था थाहा पाउनको लागी किसानलाई अध्यक्ष अधिकारीले आग्रह गर्नुभएको छ ।

किसानले माटो जाँचको लागी ७ गते अघि नै माटोको नमूना आफ्नो वडा कार्यालयमा ल्याउन भनिएको छ । माटो परीक्षण पश्चात त्यसको अबस्था थाहा पाइने र आवश्यक अनुसार उपचार पद्धती अपनाउन सहज हुने भएकाले यस अभियानमा कोही पनि नछुट्नको लागी अध्यक्ष अधिकारी तारकेश्वरबासी सम्पूर्ण किसानलाई अपिल गर्नुभएको छ ।

पछिल्लो समयमा किसानले अत्याधिक रासायनिक मलको प्रयोग गर्ने लगायतका कारण माटोको उर्भरायुक्त शक्ति ह्रास भएर अम्लियपनको मात्र धेरै बढेको पाइएसगैँ तारेकश्वर गाँउपालिकाले सबै किसानले खेती गर्दै आएको माटोको जाँच एंव परीक्षण गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web