प्रचण्डको उम्मेदवारीसँगै ७ बुँदे माग राख्दै आएको मोर्चा तीन बुँदेमा झर्‍यो

साउन १८, २०७३ मा प्रकाशित | 718 views

काठमाडौं,साउन १८ । कांग्रेस, माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चारसंघीय गठबन्धनबीच तीनबुदे सहमति भएको छ। प्रचण्डले प्रधानमन्त्रीको लागि उम्मेद्धारी दिएसँगै लामो समयदेखि आन्दोलनरत मधेसी मोर्चाबीच ३ बुँदे सहमति भएको हो। कार्यदलले प्रस्तूत गरेको ७ बुँदे सहमतिलाई परिमार्जन गर्दै ३ बुँदेमा झारेर सहमति भएको छ ।

सहमति अनुसार नयाँ सरकार गठन भएलगत्तै मधेस आन्दोलनका क्रममा घाइते भएकाको उपचार खर्च र मृत्यु भएकालाई शहिद घोषणा गरिने,मधेसी दलहरुले राख्दै आएको संविधान संशोधनको मागलाई सुनुवाई गर्न संविधान संशोधनको प्रकृया अघि बढाइनेमा सहमति भएको छ। तेस्रो सहमतिअनुसार मोर्चाले प्रचण्डको नेतृत्वमा बन्ने गठबन्धन सरकारलाई समर्थन दिने छ। सात बुँदेलाई तीन बुँदामा ल्याउनका लागि कांग्रेसका तर्फबाट विमलेन्द्र निधि, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र मोर्चाबाट उपेन्द्र यादव सहभागी भएर सहमतिका बुँदालाई अन्तिम रूप दिनका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web