काठमाडौं,साउन १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्तावकमा प्रचण्डले विहान ११ बजेर २६ मिनेटमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा उम्मेदवारी दर्ता गराएका हुन् । प्रस्तावकमा देउवा छन् भने समर्थक कृष्णबहादु महरा, जयदेव जोशी, कुमार खड्का र चन्द्रेश्वर झा छन् । उम्मेदवारी दर्ताका लागि विहान ११ बजेदेखि अपराहृन ४ बजेसम्मको समय तोकिएको छ । प्रधानमन्त्रीको चुनाव भोलि विहान ११ बजेको संसदमा हुनेछ ।

त्यस्तै नेकपा एमालेले प्रधानमन्त्री पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको एमाले स्थायी समितिको बैठकले प्रधानमन्त्री पदका लागि बुधवार हुने प्रधानमन्त्रीको निर्वाचनमा आफ्नो दलको तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो । प्रधानमन्त्री पदमा उम्मेदवारी दिने कि नदिने भनेर निर्णय गर्न एमाले स्थायी कमिटीको बैठकले प्रमुख प्रतिपक्षी दलको हैसियतमा बस्ने निर्णय गरेको छ ।

प्रचण्ड बुधवार देशको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचन हुने पक्का भएको छ। प्रचण्डलाई कांग्रेस, राप्रपा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिसहित मधेसी मोर्चालगायत दलको समर्थन छ। संसदमा प्रधानमन्त्रीको एकमात्र उम्मेदवार हुँदा पनि मत विभाजनको प्रक्रियाबाट प्रधानमन्त्री चयनको निर्णय गर्नुपर्ने भएकाले पनि उम्मेदवारको विपक्षमा मत हाल्न पाइने व्यवस्था छ।

21.12¡ÆC