प्रस्तावित राजदुतका विषयमा सनुवाई आजदेखि

साउन १८, २०७३ मा प्रकाशित | 712 views

काठमाडौं,साउन १८ ।  संसदीय सुनुवाइ विशेष समितिले आजदेखि प्रस्तावित राजदूत र नियोग प्रमुखको सुनुवाइ सुरु गर्ने भएको छ । समितिको हिजो बसेको बैठकले आज सुरुमा प्रस्तावित राजदूत र नियोग प्रमुख विरुद्धका उजुरी वा सूचनाकर्तासँग जानकारी लिएपछि सुनुवाइ सुरु गर्ने निर्णय गरेको छ ।

समिति सदस्य, नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठका अनुसार प्रस्तावित २२ जना राजदूत र नियोग प्रमुखमध्ये आज चार जनाको भावी कार्ययोजना तथा सोच जानकारी लिने तय भएको छ । मन्त्रिपरिषदको २०७३ वैशाख ७ गतेको बैठकले विभिन्न मुलुकका लागि २२ जनाको नाम राजदूतमा सिफारिस गरेको थियो । उनीहरू मध्ये ८ जना परराष्ट्र सेवामा कार्यरत् छन् भने १४ जनाको पृष्ठभूमि विभिन्न राजनीतिक दलसँग जोडिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web