कांग्रेस–माओवादी र मधेसी मोर्चागठबन्धनबीच आज लिखित सम्झौता

साउन १८, २०७३ मा प्रकाशित | 790 views

काठमाडौं,साउन १८ । कांग्रेस माओवादी र मधेसी मोर्चासहितको गठबन्धनका विषयमा आज लिखित सम्झौता हुने भएको छ । आज साँझ सयुक्त बैठक बसेर मोर्चाले उठाएका माग पुरा गर्न लिखित सहमति गरिनेछ । छलफल अन्तिम चरणमा पुगेको र आज सामान्य छलफल पछि सहमति गरिने कांग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो । उहाँका अनुसार आज साँझ सयुक्त बैठक बस्नेछ । सोमवार रातीसम्म बैठक बसेर सहमति गरेका छन् ।

त्यसकै आधारमा मधेसी मोर्चासहितको संघीय गठबन्धनले प्रधानमन्त्री निर्वाचनमा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा मतदान गर्नेछन् । सीमांकन, नागरिकतालगायतका विषयमा संविधान संशोधन गर्न अब बन्ने सरकारले प्रक्रिया अघि बढाउने तथा मधेस आन्दोलनका क्रममा मृतक तथा घाइते भएकालाई क्षतिपूर्ति उपलब्ध गराउन कांग्रेस, माओवादीका तर्फबाट प्रतिनिधित्व गरेका नेताहरू तयार भएपछि मोर्चासँग सहमति भएको छ । सहमति अनुसार मोर्चाले तत्काललाई प्रचण्डका पक्षमा मतदान गर्ने र सरकार गठनमा सघाउनेछ । सरकारमा भने केही समयपछि मात्रै सहभागी हुने समझदारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web