धादिङमा ६० वर्षीय वृद्धको हत्यामा संलग्न तीन जना पक्राउ

बैशाख २२, २०८२ मा प्रकाशित | 243 views


काठमाडौँ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ को डुँडेठाँटी बस्ने ६० वर्षीय चूडामणि कँडेलको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएको चैत २७ गते शौचालयमा मृत भेटिएका कँडेलको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङले तीन जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ घर भई धादिङको गजुरी–२ डुँडेठाटी बस्ने ३६ वर्षीय अक्कलबहादुर प्रजा, राक्सिराङ–९ बस्ने २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान रहेका छन् ।

मृतक कँडेलले श्रीमती सुस्मिता सिलुवालको हत्या गर्नका लागि अक्कलबहादुर प्रजालाई चार लाख रुपैयाँ दिएका र प्रजाले यो काममा पृथलाल र सञ्चलाललाई पनि सहभागी गराएका अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीहरूले सुस्मिताको हत्या गर्न पटक–पटक प्रयास गरे पनि नसकेपछि कँडेलले आफ्नो काम नभएको भन्दै पैसा फिर्ता मागेका थिए ।

कँडेलले निकै दबाव दिएपछि उनीहरूले कँडेलकै हत्या गरेका अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web