कर्णेल कुमार लामालाई बेलायती अदालतद्धारा सफाइ !

साउन १८, २०७३ मा प्रकाशित | 1534 views

१८ साउन, लण्डन ।
नेपाली सेनाका कर्णेल कुमार लामाले आफूविरुद्ध बेलायतमा लगाइएको यातना सम्वन्धि एक मुद्दामा सफाइ पाएका छन् ।

सरकार माओवादी सशस्त्र द्वन्द्वताका सैनिक व्यारेकमा थुनामा रहँदा लामाले आफूलाई चरम यातना दिएको भन्दै बन्दी करम हुसेनले मुद्दा दायर गरेका थिए । जुन मुद्दामा उनले सफाइ पाएका हुन् ।

सोमबार लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट 'फौजदारी अदालत' ओल्ड बेलीमा जस्टिस स्वीनीको इजलासले हुसेनको मुद्दामा सफाइ दिएको हो ।

तर, अर्का बन्दी जनकबहादुर राउतको लामाविरुद्धको यातना सम्वन्धि मुद्दामा भने १२ सदस्यीय जुरी सोमबारसम्म टुंगोमा पुग्न नसकेपछि आगामी सेप्टेम्बर पहिलो साता पुनस् इजलास बस्ने गरि स्थगित भएको श्रोतले जानकारी दिएको छ।

जुरीबीच १०, २ वा ११, १ को मत आवश्यक हुन्छ। ओल्ड बेलीमा करिब सात हप्ताको सुनुवाइपछि गत सोमबार देखि जुरीबीच डेलिबरेसन 'गहन छलफल' चलिरहेको थियो ।

करिब एक साताको डेलिबरेसनमा पनि जुरीले राउतको मुद्दामा लामालाई निर्दोष वा दोषी के भन्नेबारे फैसला दिन नसकेपछि इजलास करिब ५ साता पर सरेको हो।

लामाको मुद्दा गत वर्ष अभियोजन पक्षले दोभाषे नभेट्टाएपछि सुनुवाइ स्थगित भएको थियो ।लामाको तर्फबाट किङ्सले नेप्ली फर्मले मुद्दा हेरिरहेको कान्तिपुरमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web