तारकेश्वरको ऐतिहासिक कार्य, तामाङ भाषा अध्यापन गराउन शिक्षक नियुक्ति

बैशाख ९, २०८२ मा प्रकाशित | 185 views


नुवाकोट । संघीयताको मर्मअनुरूप विभिन्न जातजातिको भाषा संस्कृतिको संरक्षण र सम्बर्द्धनमा अग्रसर रहँदै आएको नुवाकोटको तारकेश्वर गाउँपालिकाले तामाङ भाषा अध्यापन गराउनको लागी शिक्षकहरुको पदस्थापना गरेको छ ।

तारकेश्वरमा तामाङ जातिको बाहुल्य रहेको क्षेत्रका विद्यालयहरूमा तामाङ भाषा कक्षा सञ्चालनका लागि ४ जना भाषा शिक्षक नियुक्त गरेर उनीहरुलाई जिम्मेवारी दिइएको अध्यक्ष शिव अधिकारी (अबिरल)ले जानकारी दिनुभयो । अध्यक्ष अधिकारीको उपस्थितिमा चार जना शिक्षकलाई नियुक्ति दिएसगै उनीहरुको पदस्थापना गरिएको हो ।

गाँउपालिका अध्यक्ष अधिकारीले पदस्थापना भएका शिक्षकहरूलाई उच्च नैतिकता र मनोबलका साथ तामाङ भाषाको मौलिकता कायम राख्नको लागी तामाङ भाषा सहित कला, सँस्कृति, भेषभूषा खाना प्रयोग गरिने साधन लगायतमा यथेष्ट र सही जानकारी गराउनको लागी अध्यापन कार्यमा खटिन निर्देशन सहित शुभकामना दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web