काठमाडौं,साउन १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकलाई महाअधियोग लगाउनु पर्ने लगायतको सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा छलफल हुने भएको छ। कार्कीमाथि महाअभियोग लगाउनु पर्ने लगायत प्राध्यापक डा. गोविन्द केसीले उठाएका मागबारे छलफल अघि बढाउन माग राख्दै दुई साताअघि सांसदहरु गगन थापा, धनराज गुरुङ र श्याम श्रेष्ठले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका थिए।

सभामुख ओनसरी घर्तीले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख तीन दलका प्रमुख सचेतकहरु र प्रस्ताव पेस गर्ने सांसदहरुसँग आइतबार परामर्श गरेपछि उक्त प्रस्ताव संसदको कार्यसूचीमा राखेर छलफल अघि बढाउने निर्णय गरेकी कान्तिपुर दैनिकमा समाचार छ। प्रमुख दलका मुख्य नेताहरुले नै प्रस्तावमाथि छलफल अघि नबढाउन दबाब दिइरहेको भन्ने सार्वजनिक भइरहेका बेला सभामुख घर्ती छलफलको कार्यसूचीमा राख्ने निष्कर्षमा पुगेकी हुन्।

सभामुख निर्णयलगत्तै सोमबार नै सांसदत्रयको जरुरी सावैजनिक महत्वको प्रस्ताव सांसदहरुको जानकारीका लागि पिजन होलमा राखिएको छ।

24.12¡ÆC