एमएमएसीद्वारा फुपुको बिदाइ

साउन १६, २०७३ मा प्रकाशित | 716 views

काठमाडौं,साउन १६ । रियो ओलम्पिक– २०१६ को जुडोमा सहभागिता जनाउन लागेकी फुपुल्हामु खत्रीलाई बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) ले आइतबार बिदाइ ग¥यो ।

एमएमएसी त्यही क्लब हो जहाँ फुपुले आठ वर्षअघि १३ वर्षको उमेरमा जुडो क्यारियर सुरु गरेकी थिइन् । १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी २१ वर्षीया फुपु आफ्नो टोलीसहित रियो ओलम्पिकमा सहभागी हुन आइतबारै ब्राजिल प्रस्थान गरेकी छन् । रियो ओलम्पिकको मार्च पास्टमा फुपुले नेपाली टोलीको नेतृत्व गर्दै राष्ट्रिय झण्डा समेत बोक्ने अवसर पाएकी छन् ।

फुपुलाई नयाँ बजारस्थित एमएमएसीको हातामा एमएमएसीका सञ्चालकद्वय लक्ष्मीरत्न तुलाधर र धर्म महर्जन, नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठ, प्रहरी निरीक्षकद्वय उमेश लम्साल र सुरज कार्की, काठमाडौं महानगरपालिका वडा नं. १६ का प्रशासन प्रमुख बलराम त्रिपाठी, खेलाडीलगायतले बिदाइ गरे । सो अवसरमा फुपुलाई ट्रयाकसुट प्रदान गरिएको थियो ।

कार्यक्रममा फुपुका सुरुआती प्रशिक्षक समेत रहेका जुडो संघका महासचिव श्रेष्ठले आफ्नो चेलीले विश्वकै ठूलो खेल मेला ओलम्पिकमा प्रतिस्पर्धा गर्न पाएकोमा गर्व लागेको बताउदै आगामी दिन पनि फुपु जस्तै अन्य खेलाडी उत्पादनमा जोड दिने बताए । श्रेष्ठसंगै सुरुआतमा दीपककृष्ण श्रेष्ठ र रमेश मगरले पनि फुपुलाई प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web