
विदुर । नुवाकोटमा रहेका बैंक तथा वित्तीय संघसँस्था एंव इन्स्युरेन्स (बीमा) कम्पनीहरुले ‘ग्लोबल मनी वीक-२०२५’ (Global Money Week 2025) को अवसरमा प्रभातफेरी गरेका छन् ।
शुक्रबार बिहान विदुर–४ स्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारमा भेला भएर बैंक तथा वित्तीय संघसँस्था एंव इन्स्युरेन्समा आबद्ध कर्मचारीहरुले प्रभातफेरी गरेको हो । बट्टार क्याम्पसबाट सुरु भएको प्रभातफेरी विदुर स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय, सञ्चार चोकसम्म पुगेर पुनः बट्टार स्थित हावाघरमा गएर समापन गरिएको हो ।

बट्टारबाट सुरु भएको प्रभातफेरी संगमचोक, दम्की, विदुर हुदै ट्राफिक प्रहरी कार्यालयमा पुगेर पुनः विदुर, दम्की, संगमचोक हुदै हावाघरमा पुगेर समापन गरिएको थियो । प्रभातफेरीमा नुवाकोटमा रहेको बैंक, लघुबित्त, इन्स्युरेन्स कम्पनीमा आबद्ध रहेका करीब दुईसय कर्मचारीहरुको सहभागिता रहेको थियो ।
प्रभातफेरीमा विदुर नगरपालिका वडा नं. २ का अध्यक्ष दिपक कायस्थ, ४ का अध्यक्ष निलमबाबु ढुङ्गेल सहितको जनप्रतिनिधिहरुको समेत सहभागिताले सहभागी बैंक तथा वित्तीय संघसँस्थाका कर्मचारीलाई उत्साह दिएको थियो ।
सहभागीहरुले ग्लोबल मनी वीक २०२५ संग सम्बन्धि विभिन्न नारा तथा सन्देश उल्लेख गरिएको प्लेकार्ड, आ–आफ्नो कार्यालयको ब्यानर सहितको सहभागिताले ग्लोबल मनी वीक २०२५ को अवसरमा नुवाकोटमा प्रभातफेरी मार्फत बित्तिय साक्षरक्षा बृद्धि, डिजिटल प्रविधिको उपयोगमा सजगता, बैङ्किङ प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन र दीर्घकालीन वित्तीय योजना निर्माणमा सहयोग पुग्ने सन्देश प्रवाहमा सहयोग पुगेको विश्वास लिइएको छ ।

हरेक वर्ष विश्वभर ग्लोबल मनी वीक मनाइने गरिएको छ । ‘ग्लोबल मनी वीक-२०२५’ यही मार्च १७ देखि २३ सम्म सञ्चालनमा ल्याइएको छ । यो वर्षको नारा “Think Before You Follow, Wise Money Tomorrow” रहेको छ । यस वार्षिक कार्यक्रम मार्फत विश्वभरि बचत, वित्तीय शिक्षा र वित्तीय साक्षरता प्रवर्धनमा सहयोग पुग्ने कार्यक्रमहरु सञ्चालन हुदै आएको छ ।
यस मार्फतविश्वका बालबालिका र युवा वर्गलाई वित्तीय शिक्षा दिने र उनीहरूलाई आर्थिक निर्णयहरू लिने क्षमता सिकाउनलाई केन्द्रित गर्ने गरिएको छ । युवा पीढीलाई आर्थिक शिक्षा र वित्तीय साक्षरतामा सुधार ल्याउन केन्द्रित गर्ने विभिन्न कार्यक्रम गरेर नुवाकोट सहित नेपालमा ग्लोबल मनी वीक २०२५ को अवसरमा बैंक, लघुवित्त, इन्स्युरेन्स कम्पनी ( वित्तीय सँस्था)हरुले विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् ।
तस्बिर सौजन्य :
श्रीकृष्ण आचार्य, हिमालयन एभरेष्ट इन्स्युरेन्स लि., नुवाकोट शाखा ।
16.12¡ÆC