‘केपी ओली कप’को उपाधिका लागि मच्छिन्द्र र त्रिभुवन आर्मी खेल्दै

फाल्गुन १९, २०८१ मा प्रकाशित | 262 views


काठमाडौँ । तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् ।

फाइनल खेल त्रिपुरेश्वरको दशरथ रगङ्शालमा बेलुका ६ बजे हुनेछ । मच्छिन्द्र क्लब केपी ओली कपको दुई पटकको विजेता हो ।

यसैबीच प्रतियोगिताको प्रमुख अतिथिका रुपमा इटालीका पूर्वकप्तान तथा गोलकिपर जियानलुइजी बुफोन हिजो नेपाल आएका छन । बुफोन सन् २००६ को विश्वकप विजेता इटालीका गोलकिपर हुन् ।

प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले पाँच लाख रुपैयाँ पाउने छ । उत्कृष्ट खेलाडीलाई १ लाख तथा विधागत उत्कृष्टलाई ५० हजार पुरस्कार रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web