सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो

माघ ३०, २०८१ मा प्रकाशित | 237 views


काठमाडौँ । सुनको भाउ आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घटेको छ । सुन आज तोलामा दुई हजार सात सय रुपैयाँले घटेर तोलाको एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । केही दिनअघिदेखि लगातार बढीरहेको सुनको भाउ आज भने घटेको हो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार नौ सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ४५ रुपैयाँमा कायम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web