महत्वपूर्ण छलफल र निर्णय गर्दै अखिल (समाजवादी) नुवाकोटको चौंथो पूर्ण बैठक सम्पन्न

माघ १०, २०८१ मा प्रकाशित | 749 views


नुवाकोट । अखिल (समाजवादी) नुवाकोट जिल्ला समितिको चौंथो पुर्ण बैठक बिवेक सीको अध्यक्षतामा बिहीबार सम्पन्न भएको छ ।
बैठकमा प्रमुख अतिथिको रुपमा रहनुभएका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा नुवाकोट जिल्ला इन्चार्ज सिर्जन सीले संगठनले बदलिदो परिस्थिती अनुसार संगठनलाई चलायमान बनाउनको लागी निर्देशन दिनुभयो ।

उहाँले विद्यार्थी र शिक्षालयमा देखिएका समस्या समाधान गर्न, शिक्षा क्षेत्रमा भएका बेथितीहरुको बिरुद्धमा आवाज उठाउन र गुणस्तरीय शिक्षाको लागी जोड दिन संगठनलाई सुझाब दिनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय प्रतिनिधि सदस्य तथा अखिल (समाजवादी) बागमती प्रदेशका सह इन्चार्ज रमेश सीले संगठनको गौरवशाली इतिहासलाई कायम राख्दै आगामी दिनमा थप मजबुद बनाउनको लागी केन्द्रित हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय प्रतिनिधि सदस्य तथा नुवाकोट जिल्ला सेक्रेटरी आर पी सी, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय प्रतिनिधि सदस्य जीवन सी, अखिल (समाजवादी) केन्द्रिय सदस्य एवं नुवाकोट जिल्ला इन्चार्ज रोजी सी, केन्द्रिय विद्यार्थी सभा तथा धादिङ्ग जिल्ला संयोजक सानिकान्छि सी लगायतको सहभागिता रहेको थियो ।

बैठकमा विशेष गरेर स्ववियु विशेष प्रशिक्षण सहित महत्त्वपूर्ण निर्णय गरिएको अखिल (समाजवादी) नुवाकोट जिल्ला समितिका अध्यक्ष बिवेक सीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web