बुद्धभूमि नेपाल हाइड्रोका अध्यक्ष पूर्णलाल श्रेष्ठ इप्पानको सल्लाहकारमा मनोनित

माघ ४, २०८१ मा प्रकाशित | 281 views


काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानको सल्लाहकारमा पूर्णलाल श्रेष्ठ मनोनित भएका छन् । इप्पानले आफ्नो विधानमा भएको व्यवस्था बमोजिम श्रेष्ठलाई सल्लाहकारमा मनोनित गरेको हो ।

डेढ दशकदेखि जलविद्युत क्षेत्रमा सक्रिय रहेका श्रेष्ठ हाल बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, एबीपी इनर्जी प्राइभेट लिमिटेड, र एटलस इनर्जी प्राइभेट लिमिटेडमा अध्यक्ष छन् । त्यस्तै उनी ह्याप्पी इनर्जी प्राइभेट लिमिटेडको संचालक समिति सदस्य हुन् ।

बुद्धभूमि नेपालले नुवाकोटमा ४.९९३ मेगावाटको लोवर तादी जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ चैत्र १० गतेदेखि ब्यापारिक उत्पादन गरिरहेको छ। एबीपी इनर्जीले नुवाकोट मै ८ मेगावाटको ताँदी घ्याङफेदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

ह्याप्पी इनर्जीले संखुवासभामा ४० मेगावाटको अप्पर संखुवाखोला आयोजना निर्माण गरिरहेको छ भने एटलस इनर्जीले ३०.२४ मेगावाट क्षमताको मध्य घुन्साखोला जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको छ ।

इप्पानले ऊर्जा क्षेत्रमा विशेष योगदान दिएका अग्रज ऊर्जा उद्यमी, ऊर्जा विज्ञ लगायतका व्यक्तिहरूलाई सल्लाहकार मनोनयन गर्ने गरेको छ । इप्पानले आज आफ्नो रजत जयन्ती समारोहको अवसरमा विविध कार्यक्रम गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web