एसएलसीको पूरक परीक्षाको तयारी पुरा

साउन १०, २०७३ मा प्रकाशित | 983 views

एसएलसीको पूरक परीक्षाको तयारी पुरा

काठमाडौं,साउन १० । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात ग्रेड बृद्धि परीक्षाको तयारी पुरा गरेको छ । कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तर पुस्तिका र आवश्यक सामाग्री जिल्ला जिल्ला पठाईसकिएको जानकारी दिनुभयो । परीक्षाका लागि कार्यालयले ७५ वटै जिल्लामा १९२ वटा परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिदै उहाँले १ लाख ४७ हजार विद्यार्थीले ग्रेड बृद्धि परीक्षामा सहभागि हुन पाउने बताउनुभयो । एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डि’ र ‘इ’ ग्रेड ल्याउने परीक्षार्थीले पूरक अर्थात ग्रेड बृद्धि परीक्षा दिन पाउने कार्यालयले व्यबस्था गरेको छ ।

पुरक परीक्षा साउन १४ गतेदेखि २१ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web