सूर्यकुमार क्षेत्री स्मृति फुटसल:क्वाटरफाइनलमा कुन-कुन टिम ?

साउन १०, २०७३ मा प्रकाशित | 794 views

<p style="margin-bottom: 1em; text-align: justify; color: rgb(102, 102, 102); font-family: Roboto, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; letter-spacing: 0.10000000149011612px; line-height: 23px;">काठमाडौं,साउन १० । &nbsp;प्रथम सूर्यकुमार क्षेत्री अन्तर मिडिया कप फुटसल प्रतियोगिताको पहिलो चरणको खेल सकिँदा चार समूहबाट शिर्ष ८ टोली क्वाटरफाइनल पुगेका छन् । सोमबारदेखि सुरु भएको खेलमा &nbsp;समूह एबाट नेपाल टेलिभिजन र माउन्टेन टेलिभिजन, समूह बी बाट कान्तिपुर टेलिभिजन र नेपाल वान टेलिभिजन, समूह सीबाट इमेज टेलिभिजन र कास्ठमण्डप टेलिभिजन तथा समूह डीबाट पिजे क्लब र एबिसी टेलिभिजन क्वाटरफाइनल पुगेका हुन् ।</p><p style="margin-bottom: 1em; text-align: justify; color: rgb(102, 102, 102); font-family: Roboto, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; letter-spacing: 0.10000000149011612px; line-height: 23px;">क्वाटरफाइनलका खेल मंगलबार बिहान ९ बजेदेखि सुरु हुने आयोजक गोलपोस्ट स्पोर्टस एण्ड ट्रेनिङ सेन्टरले जनाएको छ । १३ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल बुधबार हुनेछ । सहभागी टिमलाई विभिन्न ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ ।</p><p style="margin-bottom: 1em; text-align: justify; color: rgb(102, 102, 102); font-family: Roboto, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; letter-spacing: 0.10000000149011612px; line-height: 23px;">विजेताले २५ हजार, उपविजेताले १५ हजार तथा तेश्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । स्व. क्षेत्रीका छोराको शिक्षामा केहि आर्थिक सहयोग गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकका प्रबन्ध निर्देशक केशव थापाले जानकारी गराए । पत्रकार क्षेत्रीको गत बैशाखमा ब्रेन ट्युमरका कारण निधन भएको थियो ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web