एमसीसीका लागि अमेरिकाले थप्यो पाँच करोड डलर

पुस १९, २०८१ मा प्रकाशित | 299 views


काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बोर्डले ५० मिलियन अमेरिकी डलर थप गरेको छ । एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको बैठकले पाँच करोड डलर थपको प्रस्ताव स्वीकृत गरेको हो ।

यसअघि ५० करोड डलर दिएको अमेरिकाले थप पाँच करोड डलर दिएको हो । यसमा नेपालले १९.७ करोड डलर हालेर उच्च स्तरको प्रसारण लाइन निर्माण हुनेछ ।

नेपालको प्रसारण लाइन र सडक स्तरोन्नतिको लागि अमेरिकाले ५५ करोड अमेरिकी डलर अनुदान दिएको हो । यसको म्याद पाँच वर्षको छ । म्याद ०८० भदौ १३ बाट सुरु भइसेकेको छ ।

बिहीबार बसेको एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको बैठकले नेपाल कम्प्याक्टका लागि थप ५० मिलियन डलर अनुदान थप्ने प्रस्ताव अनुदान स्वीकृत गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web