धरहरा चढ्नका लागि मूल्य निर्धारण

मंसिर ७, २०८१ मा प्रकाशित | 339 views


काठमाडौँ । धरहरा चढ्नका लागि मूल्य निर्धारण गरिएको छ । सरकारले मंसिर ९ गतेदेखि सःशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिएसँगै धरहरा चढ्नका लागि नागरिकले दुई सय रुपैयाँ तिर्नुपर्ने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले विशिष्ट संरचना सञ्चालन र व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अहिलेलाई नागरिकका लागि दुई सय रुपैयाँ शुल्क लिइएर धरहरा सञ्चालन गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताउनुभयो ।

सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार धरहरा चढी अवलोकन गरेको प्रतिव्यक्ति शुल्क नेपाली नागरिकलाई दुई सय, सार्क देशका नागरिकलाई पाँच सय र सार्क देश बाहेक अन्य देशका नागरिकलाई एक हजार रुपैयाँ तोकिएको छ । धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा विद्यार्थी र ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई आधा छुट दिने निर्णयसमेत भएको छ । दश वर्षमुनिका बालबालिका शुल्न नलाग्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web