भगवानको सहारामा कुतियाकवर बस्ती

साउन ८, २०७३ मा प्रकाशित | 1823 views

भगवानको सहारामा कुतियाकवर बस्ती

<p>पप्पु गुरुङ्, ८ साउन, दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनी–१० का कुतियाकवरकी माया देबी सुनारलाई पानी परेको रात निन्द्रा लाग्दैन । कतिबेला बाढी आउछ, घर बगाउछ भन्ने चिन्ता उनमा छ । बिगतका दिनमा महाकाली नदीको भंगालो उनको गाँउ भित्रिएर घरमा भएका रासन लत्ताकपडा, भाडाकुडा बगाउदाको दिन उनलाई झल्झल्ती अझै पनि याद छ् । उनको घर नजिकै महकाली र जगबुडा नदीको दोभानको किनारमा छ् । राती महाकाली र जगबुडा नदीको सुसाहटले राती लागेको निन्द्रा पनि उडेर जान्छ माया देबिको । पछिल्लो समय आएका बाढीले घरमा भएको अन्नपात बगाएर लगेपछि उनी बाढीबाट त्रसित हुदै आएका हन् । माया देबी भन्छिन्, “पानी पर्दाको रात निन्द्रा लाग्दैन, बच्चा पनि सुत्दैनन् वाढीले लैजान्छ कि, भन्ने डर मात्रै हुन्छ” बिगतमा उनको बाढीले घरमा भएको सारा कुरा बगाई लगेको कारण महिनौ दिन सम्म घर छेउमा पाईने एक छाक घाँस पकाएर उनि र उनकी छोरीले दिनचर्या बिताए ।&nbsp; नदी नियन्त्रण तथा ब्यवस्थापन गर्न सरकारले थोरै रकम पनि बिनियोजन नगरेको स्थानियहरुको गुनासो छ् । कुतिकवरका माया देबीलाई मात्रै होइन, अहिले कुतियाकवर बस्तीका ४० घरपरिवारलाई पानी परेको बेला रातमा निन्द्रा पर्दैन । दुई खोला जोडिएको सो स्थानमा तटबन्ध छैन । बाढी आएपनि भाग्न सम्भव छैन् । उनिहरु भगवानको सहारामा बर्षायाम बिताउछन् । “भगवानको सहारामा छ, कुतियाकवरको बस्ती” स्थानिय तथा राजनितिककर्मी गग्न खत्री भन्छन्– “करायो करायो दक्षिणा हरायो” कुतियाकवरको बारेमा जो संग समस्या राखेपनि समस्या जस्ताको तस्तै भएको खत्रीको भनाई छ् । पछिल्लो पटक आएको बाढीले बस्ती तर्फको जमिन कटान गर्दै आएको छ । “बिगतमा जस्तै बाढी आए बस्तीलाई सखाप पार्ने डर मनमा छ्”, स्थानीय नैन सिंह सुनार भन्छन्, “डरै डरमा बस्न बाध्य छौं ।” केही दिन अघि आएको बाढीले खासै असर नगरे पनि नदीको बहाव कम हुदै गर्दा नदीले कटानी गर्न थालेको हो । कुतियाकवर बस्ती सुकुम्बासीको बस्ती हो । “दिनभर भारतिय क्षेत्रमा गएर ज्याला मजदुरी गरेर आयो, थकाइ लागेको हुन्छ”, नैन सिंह सुनारले भने– “उस्तै परे आखा झिमिक्क लगाउन पाइदैन, थकाई माथिको चिन्ताले सताउछ” विद्युत बिस्तार समेत नभएको कुतियाकवर–१० को सो बस्तीमा सबैले ज्याला मजदुरी गरेर जीविको पार्जन गर्दै आएका छन् । महाकाली नदी र जगबुडा नदीको तटिय क्षेत्रमा बस्दै आएका रहेको कुतियाकवर, शान्ति टोल, बैतिफाँटा तथा प्रधानटोल, सुन्दरनगर, १८ नं. पिल्लर गाँउ, लठ्ठाघाट, बडुवाल टोल लगाएतका स्थानियहरुलाई बाढीको त्राशद्धीले सताउदै आएको छ् । कुतियाकबरको नेपाल–भारत सिमा संगै जोडिएको क्षेत्रका भारतिय नागरिकलाई त्यहाको सरकारले अर्को क्षेत्रमा लगेर पुन:स्थापना गरिसक्यो । दोधारा चाँदनीका तटिय क्षेत्रमा बसोबास गर्दै आएका स्थानियहरुले मन्त्रि, सभासद लगाएत सरोकारवाला सबै संग ब्यवस्थापन लगाएतका माँग राख्दा समेत अझै सम्म कुनै प्रकारको सुनुवाई समेत नभएको दुखेशो उनिहरुको छ् । बिगतका वर्ष बाढी आउदा सो बस्ती डुवानमा पर्दा स्थानीयले करिब २ साता सम्म श्री अम्बिका उच्च माध्यमिक बिद्यालय तथा आफन्तको घरमा आश्रय लिएका थिए । कुतियाकवर बस्तीका स्थानीयलाई वर्षामा बाढीको डरले चिन्तित बनाएको छ । स्थानिय खड्के बुढा भन्छन्– “वर्षामा बाढीको पीडा हामीले सहनुपर्छ” कुतियकवर बस्तीमा ९७ प्रतिशत दलित जाती बसोबास गदै आएका छन् ।<br><br><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web