महिला क्रिकेट छनोट प्रतियोगिता शनिवार देखि

साउन ७, २०७३ मा प्रकाशित | 923 views

काठमाडौं,साउन ७ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा आइसीसी उमन्स र्वल्डकप क्वालीफायरका लागि सिनियर राष्ट्रिय महिला टिम छनौट  शनिवार  देखि सुरु हुने भएको छ । त्रि.वि. अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टि–२० फम्र्याटमा संचालन हुने प्रतियोगितामा पाँच बिकास क्षेत्र र शसस्त्र प्रहरी बलको महिला टोली सहित ६ टिमले सहभागिता जनाउने छन् ।

लिग चरणमा दूई समुहमा टिम बिभाजन गरि लिग प्रतियोगिताबाट शीर्ष २ टिम फाइनलमा प्रतिष्पर्धा गर्नेछन् । सिनियर महिला क्रिकेटको ईतिहासमै पहिलो पटक बिजेता टिमलाई १ लाख रुपैया तथा उपबिजेतालाई ५० हजार रुपैया दिइने छ । साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सवूमन, उत्कृष्ट बलर, उदयमान खेलाडी आदि बिधामा पनि पुरस्कृत गरिनेछ ।

यसै प्रतियोगिताबाट २४ उत्कृष्ट खेलाडी छनोट गरी श्रावणको अन्तिमबाट बन्द प्रशिक्षण शिविरको आयोजना गरिनेछ । यस राष्ट्रिय प्रतियोगिताको अनुमानित बजेट वीस लाख रुपैया रहेको छ । राष्ट्रिय खेलकुद परिषदबाट गठित क्रिकेट समन्वय समितिले यस प्रतियोगिताको संयोजन गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web