काठमाडौं,साउन ७ । इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोली शुक्रबार स्वदेश फर्किएको छ।विजयी नतिजा निकाल्दै नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । आगामी साउन २९ र ३१ गते विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् नेदरल्यान्ड्सविरुद्ध हुने खेलको तयारीका लागि इंग्ल्यान्ड गएको नेपाली टोली शुक्रबार अपराह्न स्वदेश फर्किएको हो । इंग्ल्यान्ड भ्रमणमा गरेको प्रदर्शनका आधारमा अन्तिम टोलीको टुंगो लगाउँदै नेपाली टोली विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् चौंथो चरणको खेल खेल्न नेदरल्यान्ड्स जानेछ ।

19.12¡ÆC