तटबन्ध तारजाली भर्न सबै राजनितिक दल एकजुट

साउन ६, २०७३ मा प्रकाशित | 991 views

तटबन्ध तारजाली भर्न सबै राजनितिक दल एकजुट

<p>पप्पु गुरुङ्, ६ साउन / दोधारा चाँदनी । महाकाली नदीको तटबन्ध फुट्न थालेपछि सबै राजनितिक दलहरु एकै कित्तामा उभिएर तारजालीमा ढुङ्गा हाल्ने थालेका छन् । सदैव उपभोक्त समिति गठन, खेलकुद समिति गठन, बिद्यालय ब्यवस्थापन समिति गठन तथा कर्मचारी छनौटमा बिमती राख्दै बिबाद गदै आएका राजनितिक दलहरु महाकाली नदीको तटबन्ध फुट्न थालेपछि सबै मिलेर तटबन्ध बाध्न थालेका छन् । यतिबेला उनीहरुमा कुनै नोट अफडिसेन्ट छैन् । सबैले आ–आफ्ना नेतालाई फोन गरेर समस्याको बारे बताउन भ्याईनभ्याई छ् । सबै दलहरुले सरोकारवाला संग सहकार्य गरेर तारजाली तथा ढुङ्गा तथा भैपरि आउदाको सहयोगको अपिल गर्दैछन् । गए राती १ बजे सम्म नदीको सबै दलहरु महाकाली नदीको किनारामा तटबन्धको तारजालीमा ढुङ्गा हालेका छन् । कतिपयले भने खानै नखाएर तटबन्धको जालीमा ढुङ्गा हालेका छन् । उनिहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानियहरु संग हातेमालो गर्दै आज पनि तटबन्धको तारजालीमा ढुङ्गा भर्न थालेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. ४, लठ्ठाघाट स्थित महाकाली नदीले तटबन्ध भत्काउन थालेपछि स्थानिय, नेपाल प्रहरी र सशस्त्र प्रहरी, नेपाली सेना र राजनितिक दलहरु मिलेर तटबन्धमा तार जाली भर्न थालेका छन् । हिजो अपरान्ह ४ बजे देखि महाकाली नदीले बिस्तारै तटबन्धलाई कटान गर्दै आएपछि सबै मिलेर बाँधको मर्मत गर्न थालेको नेपाली काग्रेस महाधिबेसन प्रतिनिधी बेल बहादुर रानाले जानकारी दिनुभएको छ् । सबैको जटिल तथा साँझा समस्या भएको हुदा सबै राजनितिक दलहरुले सहकार्य गरेर महाकाली नदीको तटबन्धमा तारजाली भरेर नदी नियन्त्रण गर्न लागिएको प्रतिनिधी बेल बहादुर रानाको भनाई छ् । हिजो ४ बजे देखि राती १ बजे सम्म महाकाली नदीको तटबन्धमा तारजाली भर्ने कार्य भईरहेको नेपाली सेनाले जनाएको छ् ।&nbsp; नदीले २० मिटर तटबन्ध भत्काउन थालेपछि सबै राजनितिक दलहरुले आ–आफ्ना कार्यकर्तालाई नदीको भंगालो गाँउ पस्नबाट जोगाउन सहयोग गर्न समेत अपिल गरेको नेकपा(एमाले) दोधारा चाँदनी नगरकमिटि अध्यक्ष किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । “बिपत्ती आउन सक्नेृ हुदा सबै कार्यकर्तालाई सहयोग गर्न अपिल गरेका हौ” नगरकमिटि अध्यक्ष किशोर कुमार लिम्बुले बताए । आज बिहानैबाट सबै देखि स्थानिय, नेपाल प्रहरी र सशस्त्र प्रहरी, नेपाली सेना र राजनितिक दलहरु मिलेर तटबन्धमा तार जाली भर्न थालेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बिरेन्द्र बिर बिश्वकर्माले जानकारी दिएका छन् । सबै कार्यकर्तालाई तटबन्धमा सहयोग गर्न आह्वान गरेको नयाँ शक्ती पार्टी नेपाल दोधारा चाँदनी नगरकमिटिका अध्यक्ष पदम बहादुर सिंहले जानकारी दिएका छन् । “कार्यकर्तालाई दैनिक तटबन्धको तरजाली भर्न भनेका छौ” नयाँ शक्ती पार्टी नेपाल दोधारा चाँदनी नगरकमिटिका अध्यक्ष सिंहले भने । नदी गाँउ पसेपछि दोधारा चाँदनीको करिब ३५ हजार भन्दा बढीको घर जग्गा डुबानमा पर्ने हुदा सबैको साँझा समस्यामा सबै दलहरु एक्कबद्धता भएर कार्य गरिरहेको नेपाली काग्रेस दोधारा चाँदनी नगरकमिटिका अध्यक्ष डम्मर बहादुर चन्दले जानकारी दिएका छन् । जनताको तटबन्ध कार्यालय, महेन्द्रनगर अनुसार हिजो देखि आज सम्म ४० थान जालीमा ढुङ्गा भरिएको जनाएको छ् । नदीको भंगालो गाँउ पस्न रोक्न थप जाली ल्याउन सकिने जनताको तटबन्ध कार्यालयले जनाएको छ् । हिजो देखि सशस्त्र प्रहरीको ४६ जना, नेपाली सेनाको ६० जना तथा नेपाल प्रहरीको ४० जना तटबन्धको तारजालीमा ढुङ्गा भर्न परिचालित भएका छन् । <br><br><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web