कार्यसूची विवाद समाधान प्रयास असफल,दलहरुबीच ध्रुबीकरण झन् तीव्र

साउन ६, २०७३ मा प्रकाशित | 706 views

काठमाडौं,साउन ६ । सभामुख ओनसरी घर्तीलेसंसदको कार्यसूचीका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच चर्किएका विवाद समाधान गर्न बुधबार गरेको प्रयास असफल भएको छ।  बजेटसँग सम्बन्धित तीनवटा आश्रित विधेयक र प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमध्ये कुन पहिले छलफल हुने भन्नेमा  प्रमुख दलहरुबीच विवादका कारण बिहीबारको संसद बैठक अनिश्चित भएको हो। दलहरुबीच बुधवार रातिदेखि बिहीबार बिहानसम्ममा कुनैनाटकीय समझदारी बनेको अवस्थामा बाहेक बिहीबार संसद बैठक नै नबस्ने वा सत्ता पक्षबाटै अवरोध हुने स्थिति आएको कान्तिपुर दैनिकमा समाचार छ।

असार २९ र ३१ मा बैठकका लागि तय भएका तीनवटा आश्रित विधेयक टुंग्याएरमात्रै अन्य विषयमा प्रवेश गर्ने सत्तापक्षको अडानविपरित सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीविद्धको अविश्वासको प्रस्तावमाथिको छलफलका लागि बिहीबारको मिति तोकेकी हुन् । संसदको कार्यसूची विवाद समाधानका लागि सभामुखले बुधवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनीहरुकै निवासमा पुगेर परामर्श गरेपनि दलहरुबीच ठोस समझदारी बनिहाल्ने सम्भावना न्यून छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web