संसदमा आज के होला ? ‘जबर्जस्ती’ अविश्वास प्रस्ताव अघि बढाउन नदिने एमालेको तयारी

साउन ६, २०७३ मा प्रकाशित | 974 views

काठमाडौं,साउन ६ । एमालेले बजेटआश्रित विधेयक पन्छाएर संसदमा अविश्वास प्रस्तावमाथि छलफल गर्न नमिल्ने निष्कर्ष निकालेको छ । बुधबार बसेको संसदीय दलको बैठकले सभामुखले ‘जबर्जस्ती’ अविश्वास प्रस्ताव अघि बढाए संसद् बैठक अवरोध गर्ने निर्णय गरेको छ । सदनमा बजेटसँग सम्बन्धित राष्ट्र ऋण उठाउने, ऋण तथा जमानत संशोधन र आर्थिक विधेयक पारित हुन बाँकी छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – ‘बैठक सुरु हुनासाथ बजेटआश्रित विधेयकको कार्यसूची ल्याउन आग्रह गर्छौँ, ल्याइएन भने डटेर मुकाबिला गर्दै सदन अवरुद्ध गर्ने निर्णय भएको छ,’ सभासद् जनार्दन ढकालले भने, ‘अविश्वास प्रस्तावअगावै बजेटआश्रित विधेयक दर्ता भएकाले प्रचलित संसदीय अभ्यास र नियमअनुसार छलफलका प्रक्रिया अघि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

बजेटसँग आश्रित तीन विधेयक २९ असारमा पारित गर्ने तय भएको, तर सभामुखले संविधान र प्रचलित नजिरविपरीत हटाएको एमालेको आरोप छ । सभामुखले आफ्नो त्रुटि सच्याउनुपर्ने एमालेको अडान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web