बेलकोटगढी तीज बिशेष रमाइलो मेलामा दर्शकहरुको आकर्षण बढ्दै

भदौ २४, २०८१ मा प्रकाशित | 206 views


त्रिशूली । बेलकोटगढी नगरपालिका वडा नं. ७ मा जारी रहेको बेलकोटगढी तीज बिशेष रमाइलो मेलामा दर्शकहरुको सहभागिता हरेक दिन बढ्दै गएको छ ।

यही भदौ १९ गतेदेखि सुरु भएर २९ गतेसम्म चल्ने मेलामा तिज पर्वको अवसरमा विशेष गरेर दिदिबहिनी चेलीहरुको उत्साहजनक सहभागिता सहित दर्शकहरुके सहभागित बृद्धि हुदै गएको हो । बेलकोटगढी नगरपालिका संरक्षक र वडा नंं ७ को कार्यालय र न्यू भिजन युथ क्लबको सयुक्त आयोजनामा जारी रहेको मेलामा स्थानीय किसानले उत्पादन भएका कृषि उपज सामाग्रिहरु, हस्तकला तथा घरेलु उद्यमीले उत्पादन गरेका सामाग्रिहरुको विक्री एंव प्रदर्शनमा दर्शकको आकर्षण बढेको छ ।

तिज पर्वको अवसरमा नगरपालिकाको समेत सहयोगमा वडास्तरीय तिज विशेष लोकदोहोरी प्रतियोगिताहरु सम्पन्न भएको छ भने हरेक दिन राष्ट्रिय र स्थानीयस्तरका कलाकारहरुको प्रस्तुती पनि कायमै रहेकाले जारी रहेको मेलामा दैनिक रुपमा दर्शकहरुको सहभागिता रहेको छ ।


आयोजक वडा नं. ७ का वडाध्यक्ष भुवनेश्वर नेपालको अनुसार वडा न.ं ७ सहित बेलकोटगढी नगरपालिका र नुवाकोट जिल्लामा रहेका कला, सस्कृति, कृषि उपज तथा हस्तकलाका सामाग्रिको पहिचानको लागी मेला सञ्चलान गरिएको हुदाँ नाफा रहित रुपमा चलाइएको हो ।
यही भदौ १९ गतेदेखि सुरु भएर २९ गतेसम्म चल्ने मेला वडा नंं ७ स्थित महादेवफाँट बजार नजिकै त्रिशूली नदी किनार स्थित खेल मैदानमा जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web