मैले राम्रो काम गरेको ईश्र्याले अबिस्वास प्रस्ताव ल्याए-प्रधानमन्त्री ओली

साउन ५, २०७३ मा प्रकाशित | 811 views

५ साउन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान सरकारले राम्रो काम गरको इष्र्याले आफु विरुद्ध अबिश्वास प्रस्ताव ल्याइएको बताउनु भएको छ ।

नेपाल टे«ेड युनियन महासंघ जीफन्टको छैटौं प्रतिनधि परिषद्को आज काठमाडौंमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नियमित रुपमा आउने आर्थिक विधेयक रोकेर अबिस्वास प्रस्ताव छलफलमा आउन नसक्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संसदमा नेकपा एमालेले हराएको एजेण्डा खोज्ने पनि बताउनु भयो ।

नेपाली राजनीतिलाई तनाब र अराजकतामा नलैजाने र सहमतिको संस्कारलाई आत्मसात गर्न अन्य दलहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल टे«ेडयुनियन महासँघका अध्यक्ष विष्णु रिमाल, पूर्व अध्यक्ष मुकुन्द न्यौपाने, नेपाल टे«ड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहाल लगायतका बक्ताहरुले नेपालको टे«ेडयुनियन आन्दोलनलाई सशक्त बताउनुपर्ने बताउनुभएको थियो ।

एमाले संसदीय दल बैठक

एमालेले संसदीय दलको बैठकले भोली बस्ने व्यवस्थापिका संसदको बैठकले अविश्वासको प्रस्तावमाथि छलफल हुनुअघि असार २९ र ३१ गते संसद बैठकको कार्यसूचिमा प्रवेश गरिसकेका विधेयक टुंगो लगाउनु पर्ने अडान राखेको छ ।

संसद भवन नयाँ बानेश्वरमा बसेको बैठक पछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ्गले विशेष अधिवेशन बाहेक नियमित अबिधेशनका बेला संसदमा पेश भइसकेका कार्य सूचि टुङ्गो लगाएर मात्र अविश्वास प्रस्तावमाथि छलफल हुने प्रचलित मान्यता र परम्परा रहेको जानकारी दिनुभयो ।

संसदीय दलको बैठकले भोलीको संसद बैठकमा ११ बजेअघि नै उपस्थितहुन एमाले सांसदहरुलाई निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web