
काठमाडौँ । मनाङ केन्द्र बनाएर शनिबार बिहान भूकम्प गएको छ ।
मनाङको थोचे आसपास केन्द्र बनाएर बिहान ३ बजेर ४७ बजे ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प लमजुङ, गोरखा र तनहुँमा पनि महशुस गरिएको थियो ।
यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
24.74¡ÆC