अण्डाको माग बढेसँगै मूल्य पनि बढ्यो

भदौ ८, २०८१ मा प्रकाशित | 178 views


काठमाडौँ । भदौ लागेपछि अण्डाको माग बढेसँगै मूल्य पनि बढेको छ । साउनमा धेरैले माछामासु नखाने भएकोले अण्डाको उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको चितवनको दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले बताउनुभयो । उहाँका अनुसार माग बढेसँगै फार्महरुले अण्डाको मूल्य बढाएका छन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्न निर्देशन गरेपछि फार्महरुले आफैँ मूल्य निर्धारण गर्ने गरेका छन् । पोखरेलका अनुसार आजदेखि दाउन्ने एग्रो फार्मले चितवनलाई आधार बनाएर सबैभन्दा अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय पाँच तय गरेको छ ।

यस्तै ठूलो अण्डा चार सय ९५ रुपैयाँ र मध्यम अण्डाको मूल्य चार सय २५ रुपैयाँ तोको छ । साउनमा बिक्री हुन बाँकी अण्डा बिक्री भइसकेको र माग पनि बढेकाले मूल्य बढाएको उत्पाकहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web