१८ देशका राजदूतको आजदेखि सुनवाई प्रक्रिया सुरु

साउन २९, २०८१ मा प्रकाशित | 266 views


काठमाडौँ । सरकारले सिफारिस गरेका १८ देशका राजदूतको आजदेखि सुनवाई प्रक्रिया सुरु हुने भएको छ ।

आज मध्यान्ह सवा १२ बजे बस्ने बैठकले १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने र त्यसपछि सिफारिस भएका राजदूतलाई सुनुवाइका लागि बोलाउने संसदीय सुनुवाइ समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर जबराले जानकारी दिएका छन् ।

सरकारले गत साउन १४ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो । ओली सरकारले भारतका लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्मालाई नै निरन्तरता दिएको छ । उनको पनि सुनुवाइ हुने सभापति जबराले बताए ।

प्रचण्ड नेतृत्वको सरकारले उनलाई फिर्ता बोलाएकोले फेरि सुनुवाइ गर्नुपर्ने सभापति जबराको भनाइ छ । सिफारिस भएका राजदूतलाई सुनुवाई सिमितिले नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web