विश्वकै पुरानो क्रिकेट क्लब एमसीसीविरूद्ध नेपालको सानदार जित

साउन ४, २०७३ मा प्रकाशित | 912 views

काठमाडौं,साउन ४ । नेपाली राष्ट्रिय क्रिक्रेट टोलीले बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)लाई ४१ रनले हराएको छ। नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पूरा भएको उपलक्ष्यमा भएको खेलमा विश्वकै सबभन्दा पुरानो क्रिकेट क्लबमाथि शानदार जित निकालेको हो । लर्ड्स क्रिकेट मैदानमा २१८ रनको लक्ष्य लिएर आएको घरेलु टोली एमसीसी ४७.२ ओभरमा १ सय ७६ रनमा अलआउट भयो।

पहिला   टस जितेर ब्याटिङ रोजेको नेपालले आठ विकेट गुमाएर निर्धारित ५० ओभर खेल्दै २ सय १७ रन बनाएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै पारस खड्काले ३०, शरद भेषवाकारले २७, सागर पुनले २६ रनको योगदान गरेका छन् । बसन्त रेग्मीले २४, राजु रिजालले २४, सोमपाल कामीले २० रनको योगदान गरे ।  विनोद भने ९ रनमा आउट भए भने  शक्ति गौचन शून्य रनमै अवितित रहे ।

मेरिलेबोनको निम्तोमा करिब साताअघि इंग्ल्यान्ड गएको नेपाली टोलीले मैत्रीपूर्ण खेलको तयारीस्वरूप लन्डनमा चारओटा अभ्यास खेल खेलेको थियो र सबैमा जित निकालेको थियो । जारी खेलमा दुबै टोलीका खेलाडीले टेस्ट खेल्दा लगाउने सेतो जर्सी लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web