पाँच वटा जिल्लामा हैजा पुष्टि, सङक्रमितको सङ्ख्या ४७ पुग्यो

साउन २६, २०८१ मा प्रकाशित | 154 views


काठमाडौँ । पाँच वटा जिल्लामा हैजाको सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अहिलेसम्म ४७ जनामा हैजा देखिएको छ ।

यसअघि ललितपुर, काठमाण्डौ, कैलाली, प्युठानमा सङ्क्रमित भेटिएकोमा पछिल्लो पटक रुपन्देहीमा हैजाको सङ्क्रमण पुष्टि भएको हो । सबैभन्दा धेरै ललितपुरमा ३४ जनालाई हैजा देखिएको छ । यस्तै, कैलालीमा आठ जना, काठमाण्डौ र प्युठानमा समान दुई/दुई जना र रुपन्देहीका एक जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीका निर्देशक डा.यदुचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

हैजा थप फैलिँदै गएको छ । यो ‘भिब्रियो कोलेरा’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । हैजालगायत पानीजन्य रोगहरुबाट बच्न सुरक्षित पानी पिउन र सरसफाइमा ध्यान दिन डाक्टरको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web