बागमती प्रदेसमा अबरुद्ध सडक तत्कालै सुचारु गराइने

साउन २०, २०८१ मा प्रकाशित | 367 views


त्रिशूली । विपतको कारण सडक अबरुद्ध भएमा तत्कालै सुचारु गराउन बागमती प्रदेशमा द्रुत प्रतिकार्य टोली गठन गरिएको छ ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशस्तरीय सडकमा बाढी, पहिरोको अवरोध हटाउन प्रतिकार्य टोली गठन गरेको हो ।
 
द्रुत प्रतिकार्य टोली गठन गरेर परिचालन समेत भइसकेको मन्त्रालयले जनाएको छ । त्यसका लागि यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक पुस्करप्रसाद पोख्रेलको संयोजकत्वमा ५ सदस्यीय टोली गठन गरेर खटाइएको छ ।
 
समितिमा भौतिक पूर्वाधार मन्त्रालयका सिनियर इन्जिनियर सुजन भण्डारी,भौतिक मन्त्रालयका फोकल पर्सन ज्ञानेन्द्र प्रसाद पुन, यातायात पूर्वाधार विकास निर्देशनालय बागमतीका सूचना अधिकारी हरिप्रसाद ओझा र सम्वद्ध पूर्वाधार कार्यालयका कार्यालय प्रमुख रहेका छन् । 
 
टोलीले अबरुद्ध भएका मुख्य प्रादेशिक सडकहरूको पहिचान गरेर काम निरन्तर गर्ने, सूचना सम्प्रेशण गर्ने, वैकल्पिक मार्ग पहिचान गर्ने, आकस्मिक रुपमा अबरुद्ध सडकहरू यथाशीघ्र छिटो सूचारु गर्ने, अन्तर निकायमा समन्वय गर्ने लगायतका कामहरु गर्ने जिम्मेवारी तोकिएको छ । 
टोलीले प्रहरी लगायत सुरक्षाकर्मीको सहयोग लिएर अबरुद्ध भएका सडक तुरुन्तै पन्छ्याउन परिचालन हुने भएकाले अबका दिनमा कहीकतै सडक अबरुद्ध भएमा द्रुत प्रतिकार्य टोलीले खुलाउन चासो लिने जनाएको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web