नेपाल काभा बिच भलिबल प्रतियोगिताको सेमिफाइनलमा

साउन १९, २०८१ मा प्रकाशित | 193 views


काठमाडौँ । नेपालको पुरुष र महिला राष्ट्रिय भलिबल टोली भुटानमा चलिरहेको काभा बिच भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेका छन् । महिला टोली लगातार तेस्रो जितका साथ सेमिफाइनलमा पुग्यो ।

पहिलो दिन एक खेल जितेको कमला पुन र मनिष चौधरीको जोडीले दोस्रो दिन हिजो थप दुई जितसहित अन्तिम चारमा पुगेको हो । महिला टोलीले हिजोको खेलमा उज्वेकिस्तान र माल्दिभ्सलाई हरायो । उज्वेकिस्तानलाई २१–१७ र २१–१५ ले तथा माल्दिभ्सलाई २१–१४ र २१–१६ ले हराएको हो ।

त्यस्तै पुरुषतर्फ मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडीले दोस्रो दिन हिजो लगातार तीन जित निकाल्दै अन्तिम चारमा पुगेको हो । नेपालले भुटानलाई २१–१४ र २१–२१ ले, उज्वेकिस्तानलाई २१–१५ र २१–१५ ले तथा समूह चरणको अन्तिम खेलमा ताजकिस्तानलाई २१–१३ र २१–१७ ले पराजित गर्‍याे। नेपाली पुरुष टोली आफ्नो पहिलो खेलमा माल्दिभ्ससँग २–० को सोझो सेटमा पराजित भएको थियो ।

सेमिफाइनल र फाइनल खेल आज हुँदैछ । च्याम्पियनसिपमा पुरुषतर्फ १० र महिलामा ७ टोलीको सहभागिता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web