मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो

साउन १४, २०८१ मा प्रकाशित | 205 views


काठमाडौँ । मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ । चराविद् सञ्जय था श्रेष्ठ र शङ्कर तिवारीले उपल्लो मुस्ताङको समर क्षेत्रमा नयाँ प्रजातिको चरा फेला पार्नुभएको नेपाल पछीविद् सङ्घले जनाएको छ ।

स्पोटेड फ्लाइक्याचर (Spotted Flycatcher) अङ्ग्रेजी नाम भएको यो चराको वैज्ञानिक नाम मुसिकापा (Muscicapa Striata) रहेको नेपाल बर्ड रेकर्ड कमिटी (चरा अभिलेख तथा प्रमाणीकरण गर्ने समिति) का अध्यक्ष डा. तुल्सी सुवेदीले जानकारी दिनुभयो ।

समुद्री सतहदेखि तीन हजार ६ सय ५० मिटर उचाइमा यही साउन २ गते बिहान पदयात्राका क्रममा श्रेष्ठ र तिवारीले खिच्नुभएको यो चराको तस्बिर पुष्टिका लागि नेपाल बर्ड रेकर्ड कमिटीमा पठाउनुभएको थियो । उपलब्ध प्रमाण, विवरण अध्ययन र राष्ट्रिय अन्तर्राष्ट्रिय पछीविद्सँगको सुझावका आधारमा तालुधर्से अर्जुनक भएको पुष्टि गरी नेपालमा पाइने चराको अभिलेखमा प्रजाति थप गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

धर्से अर्जुनकसहित नेपालमा चरा प्रजातिको सङ्ख्या आठ सय ९६ वटा पुगेका छन् । अर्जुनक प्रजातिको सङ्ख्या २४ वटा पुगेको छ । नेपालबाट सबैभन्दा नजिक मङ्गोलिया, उत्तरी चीनको विभिन्न ठाउँ, पश्चिमतर्फ अफगानिस्तान, पाकिस्तानमा यो चरा पाइन्छ । जाडोयाममा यो चरा नियमित रूपमा दक्षिणतिर बसाइँ सर्छ ।

मुस्ताङमा भेटिएको यो चरा बसाइँसराइका क्रममा बाटोमा फिरन्ते रूपमा आइपुगेको हुन सक्ने अनुमान गरिएको चराविद् सञ्जय था श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web