पृथ्वी माविको रेजिनाको एसइईमा जिपिए चार, सामुदायिक विद्यालयतर्फ जिल्लामै सर्वोकृष्ट

साउन १३, २०८१ मा प्रकाशित | 926 views


त्रिशूली । नुवाकोटको विदुर नगरपालिका वडा नं. ४ स्थित पृथ्वी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी रेजिना भण्डारीले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० अर्थात एसइईमा चार जिपिए ल्याउनुभएको छ ।

एसइई २०८० को गत असार १२ गते प्रकाशित नतिजामा उहाँले ३ दशमलव ९६ जिपिए ल्याउनुभएको थियो । तर, प्राप्त नतिजा मध्ये रेजिना भण्डारीले सामाजिक अध्ययन विषयको नतिजा पुनर्योग गर्दा नतिजा सुधार भएसगैँ उहाँले सर्वोकृष्ट नतिजा अर्थात चार जिपिए ल्याउनुभएको विद्यालयमा प्रध्यानाध्यापक बाबुराम लामिछानेले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार रेजिनाले प्राप्त गरेको नतिजा नुवाकोटको सामुदायिक विद्यालयतर्फ अहिलेसम्मकै उत्कृष्ट नतिजा रहेको छ । नुवाकोटको लिखु गाउँपालिका वडा नंं ३ की स्थायी बासिन्दा हेमबहादुर भण्डारी र रेश्मा भण्डारीको छोरी रेजिनाको उत्कृष्ट नतिजाले ामुदायिक विद्यालय पृथ्वी मावि र अध्ययनरत विद्यार्थीको शैक्षिक गुणस्तर अब्बल देखिएको हो । गत वर्षको नतिजामा जिल्लामा सर्वोकृष्ट नतिजा ल्याउने दुई विद्यार्थी पनि पृथ्वी माविको नै रहेको थियो । यो वर्ष भने नुवाकोटमा यसअघि सँस्थागत विद्यालयतर्फ सुभेनियर बोर्डिङ स्कुलको विद्यार्थी सिम्रिका रिजालले पनि चार जिपिए ल्याउनुभएको थियो ।

बागमती प्रदेसमा सामुदायिक विद्यालयतर्फ दोश्रो स्थान र उपत्यका बाहिरका सामुदायिक विद्यालय मध्ये पहिलो स्थानमा रहेको पृथ्वी माध्यमिक विद्यालयका विद्यार्थीले प्राप्त गरेको नतिजा सर्वोकृष्ट भएसगैँ विद्यालयको शैक्षिक गुणस्तर थप अब्बल रहेको पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web