नेपाली क्रिकेट टिमको शानदार जित,इस्टबर्न क्लब १ सय ८१ रनले पराजित

साउन २, २०७३ मा प्रकाशित | 955 views

काठमाडौं,साउन २ ।  बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले  चौथो मैत्रीपूर्ण खेलमा बेलायतको स्थानीय क्लब इस्टबर्न क्लबलाई १८१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।   आइतबार भएको खेलमा  क्रिकेट विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्डसँगको खेलको तयारीका क्रममा बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले शानदार जित हात पारेको छ । नेपालले प्रस्तुत गरेको ३०१ रनको लक्ष्य पछ्याएको इस्टबोर्न ३४.३ ओभरमा ११९ रन बनाउँदा अलआउट भयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ३ विकेट गुमाएर ३०० रन बनायो ।  नेपालका लागी हिटर बिनोद भण्डारीले ५३ बल खेल्दै नटआउट ७७ को बिष्फोटक पारी खेले, ओपनर अनिल मण्डलले एक सय  १० बलको मद्दतमा ७३ रन बनाए भने  अर्का ओपनर सुवास खकुरेल १२ बल खेलेर ६ रन बनाउँदै क्याच आउट भएका थिए । खकुरेल आउट भएपछि मैदानमा आएका सरद भेषवाकरले ६७ बल खेल्दै ६० रन बनाएर आउट भए । त्यस्तै चौंथो नंम्बरमा ब्याटिङ्ग गर्न आएका राजु रिजालले ६७ बलको सामाना गर्दै नटआउट ६०  रन बनाए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web