एसइईको नतिजा चित्त नबुझे कापी हेर्न पाइने

साउन १२, २०८१ मा प्रकाशित | 154 views

त्रिशूली । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई २०८० को पुनर्योगमा चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउने र त्यसमा पनि चित्त नबुझे पुनः परीक्षण गराउन पाउने बताउनुभएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई २०८०) को पुनर्योगको नतिजा क्रमश सार्वजनिक गरिरहँदा मानवीय त्रुटि हुन सक्ने भएकाले यस्तो सुविधा राखिएको बताउनुभएको हो ।

अध्यक्ष शर्माका अनुसार राष्ट्रिय परीक्षा बोर्डले साउन २३ गतेदेखि हुने ग्रेडवृद्धि परीक्षा सकिएपछि आवेदन लिने तयारी गरेको छ । उहाँले एसईईको उत्तरपुस्तिकामा रहेको प्रश्नउत्तर जाँच्न छुटेको, उत्तरपुस्तिका भित्र रहेको अंक बाहिर चढाउन छुटेको, अंक जोड्दा त्रुटि भएको, भित्रको र बाहिरको अंक रुजु नभएको, परीक्षकले जोडेको अंकभन्दा सम्परीक्षकले फरक अंक चढाएको लगायतको त्रुटि देखिएको स्वीकार गर्नुभएको छ ।

एसईईको पुनर्योग गर्ने विद्यार्थीको संख्या बढी देखिए पनि पुनर्योगपछि नतिजामा फरक देखिनेको प्रतिशत घटेको उहाँले दाबी गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web