
रसुवा । अपराध नियन्त्रण गर्न राष्ट्रिय केन्द्रीय ब्यूरो काठमाडौँ (एनसीबी) र राहदानी विभागबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरेर समझदारीपत्र आदानप्रदान गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले इन्टरपोलमा रहेका विभिन्न डेटाबेसमध्ये एसएलटीडी (चोरी र हराएको यात्रा कागजात) डेटाबेस हाल नेपालले पनि प्रयोग गर्दै आएको र उक्त डेटाबेस व्यवस्थित गर्न इन्टरपोलद्वारा डब्लूआईएसडीएम (डेटा व्यवस्थापनका लागि इन्टरपोल वेब सेवा) प्रविधि इन्टरपोलका सदस्य राष्ट्रलाई आवश्यकतानुसार प्रदान गरेको चर्चा गरे ।
डब्लूआईएसडीएमलाई प्रयोग गर्ने सम्भावनाको यकिन गर्न पाइलट फेज सञ्चालन गर्दा राहदानी विभागको सिस्टममा एकीकृत गर्न सकिने राहदानी विभागको सुझावअनुरुरू नै समझदारी भएको उनले बताए ।
महानिरीक्षक कुँवरले लामो समयदेखि हराएका, चोरी भएका तथा रद्द गरिएका राहदानीको नेपालमा मात्र नभएर विदेशमा समेत आपराधिक तथा अवैधानिक प्रयोगमा नियन्त्रण तथा जानकारी प्राप्त हुने, डेटाबेसमा अपडेट गर्दा त्रुटि हुने सम्भावनाको अन्त्य हुने, लामो र झन्झटिलो प्रक्रिया यसपश्चात सहज र छिटो हुनुका साथै नेपाल प्रहरी इन्टरपोल शाखा, अध्यागमन विभाग र राहदानी विभागबीच समेत समन्वय हुने विश्वास व्यक्त गरे ।
राहदानी विभागका महानिर्देशक अर्यालले समझदारीको महत्त्व र औचित्यबारे फ्नो धारणा राख्दै राहदानीको दुरुपयोगबाट हुने अपराध नियन्त्रण गर्न यस समझदारीले सहयोग पुर्याउने उल्लेख गरे ।
आगामी दिनमा पनि नेपाल प्रहरीसँग भएको सहकार्यलाई थप व्यवस्थित बनाउँदै लैजाने उनले बताए ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत तथा राहदानी विभागका पदाधिकारीको उपस्थिति रहेको थियो ।
21.02¡ÆC